19.1 C
Kathmandu
 

सबभन्दा धेरै डिस्लाइक पाउने दोस्रो युट्युब भिडिओ बन्यो ‘सडक-२’ को ट्रेलर

अगस्ट १२ मा सार्वजनिक महेश भट्टद्वारा निर्देशित फिल्म ‘सडक-२’ को ट्रेलर युट्युब ट्रेन्डिङमा छ। सुरूमा झन्डै एक साथ शीर्ष स्थानमा रहेको ट्रेलर भिडिओ दोस्रो, तेस्रो हुँदै आइतबारसम्म चौथो स्थानमा आइपुगेको छ।

भलै ट्रेन्डिङमा ओरालो लागेको होस्, यो सबभन्दा बढी डिस्लाइक पाउने भिडिओको सूचीमा भने उक्लिँदै छ।

हालसम्म ६ करोड ७० लाख हाराहारी भ्यूज कमाएको भिडिओमा करिब ६ लाख ८४ हजार लाइक छ। डिस्लाइक भने १ करोड २४ लाख पुगिसकेको छ।

योसँगै भिडिओ हालसम्म युट्युबमा सबैभन्दा बढी डिस्लाइक हुने भिडिओमध्येको दोस्रो स्थानमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दैनिक भास्करका अनुसार हालसम्म संसारकै सबभन्दा बढी डिस्लाइक भएको युट्युब भिडिओ सन् २०१८ मा सार्वजनिक ‘युट्युब रिवाइन्ड-२०१८’ हो। यसमा १ करोड ८२ लाख बढी डिस्लाइक छ।

त्यसपछि नम्बर २ मा एक दशकअघि सार्वजनिक भएको गायक जस्टिन बिबरको ‘बेबी’ बोलको गीत थियो। यसमा १ करोड १८ लाखले डिस्लाइक छ। ‘सडक-२’ को डिस्लाइक ‘बेबी’ लाई उछिन्दै दोस्रो स्थानमा परेको छ।

सडक-२ सन् १९९१ मा महेश भट्टकै निर्देशनमा बनेको ‘सडक’ को सिक्वेलका रूपमा बनाइएको हो। सडकमा सञ्जय दत्त र पूजा भट्टको मुख्य भूमिका थियो र फिल्म हिट भएको थियो।

सडक-२ मा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्म २८ अगस्टमा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने बताइएको छ।

तर फिल्मको ट्रेलरलाई नै दर्शकले अस्वीकार गरेको देखिन्छ। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा चर्केको ‘नेपोटिजम’ विवादको प्रत्यक्ष प्रभाव सडक-२ मा परेको हो।

सुशान्तको मृत्युपछि ‘स्टार किड्स’ का फिल्म बहिष्कार गर्ने भनिरहेका दर्शकहरूले सडक-२ को ट्रेलरलाई सबभन्दा धेरै डिस्लाइक पाउने भिडिओ बनाएर रेकर्ड राख्न अपिल समेत गरिरहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर