15 C
Kathmandu
 

बालबालिकाहरुका लागि कोरोना भाइरसभन्दा स्कुल छुटाउँदा दीर्घकालीन असर

बीबीसी । बालबालिकाहरुका लागि कोरोना भाइरसभन्दा स्कुल छुटाउँदा दीर्घकालीन असर पर्ने बेलायतका प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर क्रिस विटीले बताएका छन् । अहिले बेलायत, वेल्स र नर्दन आयरल्यान्डका लाखौँ बालबालिकाहरु आगामी हप्तादेखि स्कुल जाने तयारी गरिरहेका छन् ।

प्रोफेसर विटीले भनेका हुन्, “कोभिड–१९ का कारण बालबालिकाको मृत्यु हुने सम्भावना अत्यन्तै कम छ तर स्कुल अनि पढाइ लामो समयसम्म छुटाउनुले बालबालिकाको विकास र भविष्यमा दीर्घकालीन क्षति पुर्याउन सक्छ ।” यसका साथै प्रोफेसर विटीले कोरोना भाइरस अझै थप नौ महिनासम्म चुनौतिमय नै रहने हुँदा बालबालिकाहरुका लागि झन समस्या भइरहने बताएका हुन् ।यसअघि सरकारले बेलायतभर सबै समूहका विद्यार्थीलाई आगामी सेप्टेम्बरदेखि फुल–टाइम कक्षाका लागि तयार रहन भनेको छ । स्कटल्यान्डमा त स्कुलहरु खुलाइसकिएको छ । तर विज्ञहरुले बालबालिकाबाट संक्रमण फैलनु अत्यन्तै दुर्लभ बताइरहेपनि यसअघि जर्मनीको राजधानी बर्लिनमा स्कुल सुचारु गरिएको दुई हप्तामै सहरका ८२५ मध्ये ४१ विद्यालयमा भाइरसको संक्रमण रिपोर्ट गरिएको छ । यसबाट सबै उमेर समूह प्रभावित भएको बताइएको छ । बर्लिनका स्वास्थ्य अधिकारीहरुका अनुसार यी नयाँ संक्रमणका कारण सयौँका सङ्ख्यामा विद्यार्थीसहित शिक्षक र अन्य सबै कर्मचारीहरु पनि क्वारेन्टिनमा बस्नुपर्ने भएको हो ।

त्यसैगरी अमेरिका र इजरायलमा पनि स्कुल खुलाइएपछि संक्रमणहरु फेला परेको छ । यता फ्रान्स आगामी हप्तादेखि नै स्कुलहरु सञ्चालन गर्ने योजना बनाइरहेको छ तर त्यहाँ भने ११ वर्षभन्दा माथिका सम्पूर्णले हरेक समय अनिवार्य मास्क लगाइरहनुपर्ने निर्देशन जारी गरिएको छ ।

हालसम्मका अध्ययनहरुले भने स्कुलबाट संक्रमण फैलने सम्भावना ०.०१ प्रतिशत रहेको देखाएको छ । जस्तै कि जुनमा केही उमेर समूहका लागि खुलाइएका स्कुलहरुमा देशभरबाट कूलगरी ७० बालबालिका र १२८ स्टाफहरु संक्रमित भएका थिए जसबेला बेलायतमा संक्रमण सङ्ख्या २५ हजार माथि थियो । ‘लन्डन स्कुल अफ हाइजिनले सेन्ट जर्ज युनिभर्सिटी’ सँगको सहकार्यमा गरेको रिसर्चमा पनि बालबालिकाहरुले स्कुलमा भन्दा घरमा संक्रमित हुने जोखिम बढी रहेको देखाएका थियो । भाइरस सामुदायिक रुपमा फैलिसकेको क्षेत्रमा मात्र, स्कुलबाट भाइरस फैलने खतरा हुने गरेको बताइएको छ ।

यसमा सबैभन्दा पहिले त अभिभावक र विद्यार्थी दुवैले स्कुल पुनः खुलाउनुको जोखिमबारे राम्ररी बुझ्नुपर्ने स्वास्थ्यविद्हरुले बताएका छन् । किनकी बच्चाहरुमाझ भाइरस फैलिएमा यसले समाजका अन्य संवेदनशील समुहलाई संक्रमण गराउने जोखिम हुन्छ यसकारण पनि आगामी ९ महिनासम्म यो अवस्थाबाट बच्ने विषय अत्यन्तै चुनौतिमय हुने बताइएको छ ।

यिनै कारण डब्लूएचओले यसअघि बालबालिकाहरुले मास्क लगाउने सम्बन्धी उमेर समूह हेरेर मापदण्डहरु पनि सार्वजानिक गरेको हो जसमा १२ वर्ष माथिकाले वयश्कहरु जत्तिकै सावधानी अपनाउन जरुरी रहेको उल्लेख गरिएको छ भने उनीहरुका लागि पनि मास्क अनिवार्य गर्न सुझाव दिएको छ । त्यस्तै ६ देखि ११ वर्ष समूहमा चाहिँ ठाउँ र संक्रमण दर हेरेर मास्क लगाइदिन भनिएको छ । जस्तै वृद्धहरुको नजिक पर्दा उनीहरुले मास्क लगाएकै सुरक्षित हुनेछ । पाँचवर्ष वा सोभन्दा मुनिका बालबालिकाले सामान्य अवस्थामा मास्क लगाउनु नपर्ने डब्लूएचओले जनाएको छ । यसरी अहिले विश्वभरि नै स्कुल खुलाउने विषयमा विभिन्न विवाद चलिरहेको छ र कर्मचारी अनि विद्यार्थीलाई पूर्ण रुपमा सुरक्षित राखि पढाइ पुनःसञ्चालन गराउने नीतिको खोजी जारी छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...