15.1 C
Kathmandu
 

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध न्युजिल्याण्डको कमजोर सुरुवात

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा न्युजिल्याण्डले कमजोर सुरुवात गरेको छ ।

इड्जबेस्टोनमा टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले सुरुवाती १० आभेरको समाप्तीमा तीन विकेटको क्षतीमा ४४रन बनाएको छ । आजको खेलमा दुबै टोली जितको लक्ष्यका साथ मैदान उत्रिएका छन्   न्युजिल्याण्ड पाकिस्तानलाई पराजित गर्दै दुई खेल अगाडि नै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजिल्यान्ड पाकिस्तानलाई सहजै हराउने योजनामा हुनेछ ।

न्युजिल्यान्ड ६ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थनमा छ । पाकिस्तान ५ अंकसहित सातौँ स्थानमा छ । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने योजनामा हुनेछ । पाकिस्तानलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर