17.1 C
Kathmandu
 

सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि

सप्तरी । गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अत्यधिक गर्मीका कारण सर्प बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेकाले बिरामी बढेका हुन् । डा ठाकुरका अनुसार अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्प र केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।

अस्पतालमा भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले टोकेका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमुख डा राजीव झाले बताए । महोत्तरीमा देखा पर्नेमा विषरहितमा ढोरिया, हरहरा र विषालुमा सबैतिर सजिलै भेटिने करेत र गोमन सप छन् । – रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर