14 C
Kathmandu
 

लघुकथा : ठेकेदार गजबलाल

२ भदौ, काठमाडौं । बिहानै खबर आयो । बनाएकाे दुइ बर्षमै राजमार्गको पुल गर्लम्मै ढलेछ । राजमार्ग अबरुद्ध छ रे । ठेकेदार गजबलाललाई मिडियाहरुको फोन आईरहेको थियो । उच्च रक्तचापको औषधी खाईरहेका गजबलालले नेताज्यूलाई तत्काल घरमा बोलाए । हस्याङफस्याङ गर्दै नेताज्यू ठेकेदारकोमा आए ।
ठेकेदार जंगिए “चुनाव जित्न मेरै पैसो,नेताज्यु बन्न मेरै पैसो,फलानोलाई मन्त्री बनाउन मेरै पैसो,अैले पुल भत्किदा ठेकेदार गजबलालको मात्र नाम ?”

ठेकेदारले थपे ,” मेरै पैसाले काठमाडौँमा घर जोड्नुपर्ने,फलानीलाई कार किन्दिनुपर्ने ” नेताज्यू पसिनाले लुछु्प्प हुँदै जसरी पनि कुरा मिलाएर ठेकेदारलाई निर्दोष साबीत गर्ने भन्दै कुलेलाम ठोकीहाले । त्यो एक दिन फोन स्विच अफ गरेर ठेकेदार रिसोर्टतर्फ फ्रेस हुन लागे ।

अर्को दिन बिहान ठेकेदारको सहयोगी चिच्याँउदै कोठामै आईपुग्यो । सहयोगीले उत्साहीत हुँदै समाचार पढेर सुनायाे ,” हलानो राजमार्गको फलानो पुल भाँचीनुमा ठेकेदार गजबलाल दोषी नरहेको पाईएको छ । पुलमुनि खोलामा अनौठो खालको जनावरले हाछ्युँ गर्दा उत्पन्न कम्पनले पुल भाँचीन गएको सरकारी प्रतिवेदनले बताएको छ ।”

त्यत्तिकैमा ठेकेदारले नेताज्यूलाई फोनमार्फत धन्यबाद दिँदै जनताले पताउलान् त भनि प्रश्न गरे । नेताज्यूले हाँस्दै जवाफ फर्काए , “नेपाली हुन पताईहाल्छन नि । ”

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...