बैतडी । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा बैतडीमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् ।
अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम सुरू भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको संख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए । धेरैजसो संक्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए । – रासस