काठमाडौं । दैनिक योग गर्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी स्वस्थ हुने पाइएको छ । योग गर्नु मानव स्वास्थका लागि निकै लाभदायक मानिन्छ । यदि ध्यान तथा योग गर्ने बानी छैन भने तत्कालै सुरु गर्न आयुर्वेदचार्यहरुको सुझाव छ । योग बिहानको समयमा गर्न सबभन्दा राम्रो मानिन्छ । नियमित ध्यान तथा योग गर्दा स्वस्थ्य रहने र विभिन्न रोगबाट बच्न सकिने आयुर्वेदचार्य डा. सुमन खनाल बताउँछन् ।
उनले भने “सबैलाई योग गर्ने विधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । तर योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिनुपर्छ ।”
यस्ता छन् योगका फाइदा
१. योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
२.रक्तचाप नियन्त्रण राख्छ ।
३.मानसिक सन्तुलन ठिक राख्छ ।
४.तनाव नियन्त्रण गर्छ ।
५.अनिद्राको समस्या छ भने सुधार ल्याउँछ ।
६.सकारात्मक भावनाको विकास हुन्छ ।
७.शारीरिक दुखाइबाट छुटकारा पाइन्छ ।
८.मेरुदण्डको समस्याबाट छुट्कारा पाइन्छ ।
९. ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।
१०.दिमागको एकाग्र हुन्छ । क्षमताको पनि विकास गर्छ ।
११. विभिन्न नसर्ने रोगहरुबाट बचाउँछ ।
१२. योगले रोग नियन्त्रणमा सहयोग गर्छ ।
१३.पाखुराहरु दुख्ने समस्या आउन दिँदैन ।