21.4 C
Kathmandu
 

लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्रियो

लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र रु चार हजार जरिवाना तिर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो । कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

अदालतसमक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको उहाँले बताउनुभयो । त्यसैगरी माक्स प्रयोग नगरी हिँड्ने एक हजार ४७ जनालाई कारवाही गर्दा रु एक लाख चार हजार ७०० राजस्व सङ्कलन भएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशनबमोजिम यस जिल्लामा पनि सचेतना कार्य थालिएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाइरस अनपेक्षितरुपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको अवस्थालाई मध्यनजर गर्दै माक्सको प्रयोगमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार ११६ प्रतिनिधिले मतदान गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार १ सय १६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव...

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा ३ जना मृत भेटिए

काठमाडौं । नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका...

छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं...

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै...