19 C
Kathmandu
 

अमेरिकी चुनावमा चीन, रुस र इरानको विशेष चासो किन ?

बीबीसी । यसवर्षको अमेरिकी राष्ट्रपति चुनावमा विशेषगरी इरान, रुस र चीनले विशेष चासो दिइरहेको अमेरिकी खुफिया निकायले जनाएको छ । चुनावलाई प्रभावित गर्न चाहने वा गर्न खोजिरहेका मुलुकहरु मध्ये यी देश सबैभन्दा अगाडि रहेको मानिन्छ ।

किनकि जहाँ चीन र इरान राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित नभइदिए हुन्थ्यो भन्ने चाहान्छन् भने रुस चाहिँ उनैको पक्षमा रहेको अमेरिकी विज्ञहरुले बताएका छन् । यसरी मत प्रक्रियालाई प्रभावित गर्नकै लागि विदेशी मुलुकहरुले विभिन्न तरिका अपनाउन सक्ने सम्बन्धी अमेरिकाको काउन्टर–इन्टेलिजेन्सका निर्देशक, विलियम इभानेनाले यसअघि चेतावनी दिएका हुन् । २०१६ को राष्ट्रपति चुनावमा पनि त्यस्तै प्रयास भएको र रुसले हस्तक्षेप गरेको खुफिया प्रमुखहरुले बारम्बार आरोप लगाउँदै आएका छन् ।

उनीहरुका अनुसार रुस ट्रम्पको चुनाव अभियानलाई सघाउन चाहन्थ्यो जस अन्र्तगत यसले विभिन्न गलत जानकारीहरु अनलाइन फैलाएको बताइएको छ । रुसले भने सो दाबी गलत ठहर गर्दै आएको छ ।

यस्तोमा शुक्रबारको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग निर्वाचनलाई विदेशी हस्तक्षेपबाट रोक्न के गर्ने योजना छ भन्ने सम्बन्धी प्रश्न गर्दा उनले आफ्नो प्रशासनले यो विषयलाई नजिकबाट अध्ययन गर्ने बताएका हुन् । यसअघि कोरोना महामारीका कारण मेल–इन वा पोस्टल ब्यालेटमार्फत चुनाव गर्न सकिने भन्ने खबर बाहिर आएपछि ट्रम्पले सो तरिका इतिहासकै सबैभन्दा अनुचित र पक्षपातपूर्ण हुने बताउँदै बरु चुनावको मितिमा ढिलाइ गर्न भनेका थिए । उनको सो अभिव्यक्तिको उनैको पार्टीका सदस्यले समेत विरोध जनाएका हुन् ।

यतिबेला अमेरिकाको राष्ट्रपति चुनावमा को विजेता हुने भन्ने सम्बन्धी विभिन्न देशको आ–आफ्नै अभिरुची भएकाले पनि यसलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको काउन्टर इन्टेलिजेन्सका निर्देशकले बताएका हुन् । मुख्यगरी चीन, इरान र रुसबारे आफूहरु बढी चिन्तित रहेको उनले बताए ।

राष्ट्रपति ट्रम्पलाई चीनले अप्रत्याशित नेताका रुपमा लिने गरेको हुँदा निर्वाचन अगाडि मतदाताहरुलाई प्रभावित गर्न सक्ने इन्टेलिजेन्स ब्युरोले जनाएको छ । त्यस्तै रुसले भने अर्का उमेदवार बाइडेनलाई हानि पुर्याउन सक्ने बताइएको छ भने सामाजिक संजाल मार्फत अप्रत्यक्ष रुपमा ट्रम्पको चुनाव प्रचारलाई सहयोग पुर््याउन सक्ने बताइएको छ । यता इरानले चाहिँ चुनाव अगाडि अमेरिका विरुद्धको भाव उत्पन्न गराउने गलत सामग्रीहरु अनलाइन मार्फत फैलाएर देशलाई विभाजित गर्न चाहेको बताइएको छ । किनकी दोस्रो कार्यकालको निर्वाचनले इरानलाई शासन बदल्न झन ठूलो दबाबमा पार्नेछ ।

शुक्रबारको पत्रकार सम्मेलनमा ट्रम्पले रुसले हस्तक्षेप गर्न सक्ने सम्भावना रहेको समेत बताएका हुन् तर यसबाट आफैँलाई मद्दत पुग्ने कुरामा चाहिँ उनले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै आफूले हार्दा सबैभन्दा बढी खुसी चीन हुने पनि उनले बताएका हुन् । बाइडेनले चुनाव जितेमा चीनले पूरै अमेरिका आफ्नो पार्न सक्ने उनको भनाइ थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...