एजेन्सी । अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीमा कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो ।
एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् । उनले भनेकी छिन्, “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्याँहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ । मेरो रिपोर्ट पोजेटिभ आएको छ ।”
अहिले उनी होम क्वारेन्टिनमा छिन् । अझै पनि शरीर कमजोर भएका कारण औषधिसँगै (इम्युनिटी बुस्टर्स) पनि लिइरहेको उनले जानकारी दिएकी छिन् । उनका अनुसार पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको थियो ।
उनको नयाँ चलचित्र ‘डेन्जरस’ डिजिटल प्लेटफर्म एमएक्स प्लेयरमा रिलिजको तयारीमा छ । यस चलचित्रमा विपाशा बासु र करण सिंह ग्रोवरसँग उनले स्क्रिन सेयर गरिरहेकी छिन् । उनले २०१६ मा रिलिज भएको मलयालम चलचित्र ‘किंग लायर’ बाट चलचित्रमा डेब्यू गरेकी हुन् ।