30.1 C
Kathmandu
 

दुर्घटनामा तीन जनाको मृत्यु

२४ साउन, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार गएराति अनियन्त्रित भई रोहिणी गाउँपालिका- ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर