आईसीसी एक दिवसीय विश्वकपमा पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन सय नौ रनको लक्ष्य दिएको छ ।
लर्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ८ रन बनायो । बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फखर जमान ४४ रनमा आउट भए ।
त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए । चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेल विच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।
त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजित ८९ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए ।