27 C
Kathmandu
 

क्रिश्चियन बने काेराेना सर्दैन भन्दै भ्रम फैलाउने पादरीलाई कैद

म्यान्मारमा कोरोना भाइरससम्बन्धी नियम तोडेको अभियोगमा एक पादरीलाई तीन महिना कैद सजाय सुनाइएको छ । डेभिड ला नाम गरेका क्यानेडियन पादरीलाई इसाई धर्म लिने मानिसलाई कोरोनाले केही गर्न सक्दैन भन्दै भ्रम फैलाएको कसुरमा अदालतले सजाय ताेकेकाे हाे। उनी आफैं भने कोरोना संक्रमित हुन्।

बिहीबार म्यान्मारको एक अदालतले उनलाई कोरोनाविरुद्ध लागू नियम उल्लंघन गरेकाे कसुरमा उनलाई ३ महिना कैद सजाय सुनाएको हो । ती पादरीले यन्गुनमा आयोजित इसाई धर्मावलम्बीको ठूलो सभामा सम्बोधन गरेका थिए। ४३ वर्षीय उनको जन्म म्यान्मारमै भएको हो। तर उनी क्यानडा गएका थिए। उनले गत अप्रिलमा उक्त धार्मिक सभा आयोजना गरेको थिए, जतिबेला म्यान्मार सरकारले भिड गर्न पूरै प्रतिबन्ध लगाएको थियो।

साेही सभाका कारण उनलाई र उनका २० समर्थकलाई कोरोना संक्रमण भएको थियाे। उनले आफ्नो भाषणमा भनेका थिए, ‘यदि तपाईंको हृदयमा यशु ख्रिस्टले बास गर्नुहुन्छ भने तपाईंलाई कहिले कोरोना लाग्दैन।’ उनको यो भाषण सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार म्यान्मारामा अहिलेसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये ६ जनाको मृत्यु भएको छ। बीबीसी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...