18.1 C
Kathmandu
 

महाबौद्ध र टेकुमा सिल, उपत्यकाका प्रशासन कार्यालयले रोके नागरिकता र पासपोर्ट सेवा

काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।

महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।

आजको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

‘अब उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भए/नभएको पनि अनुगमन गर्ने निर्णय गरेका छौं,’ उनले भने।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनादिनै बढिरहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर