21.1 C
Kathmandu
 

नेपाल र बंगलादेशबीच जलविद्युत् र नवीकरणीय उर्जासम्बन्धी सहमति

काठमाण्डाै – नेपाल र बंगलादेशबीच जलविद्युत् र नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको हो । यही असार ५ र ६ गते बंगलादेशको कोक्सस् बजारमा सम्पन्न भएको दुई देशका सचिवस्तरीय समितिहरुको दोश्रो बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको संभावना, नेपालमा जलविद्युत् विकासमा बंगलादेशी निजी प्रवर्द्धकबाट लगानीको संभावना, अन्तरदेशीय विद्युत् प्रसारण लाइनको संभावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगालदेशले आयत गर्ने ५ सय मेगावाट विद्युत् तथा नेपाल र बंगलादेशबीचमा नविकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयहरु अनुमोदन गरेको हो ।

बैठकमा नेपालको तर्फबाट नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरेले नेपालको जलविद्युतमा लगानी गरी निर्यात गर्ने तथा वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो ।

सहमतिमा तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुदै बंगलादेशसम्म प्रशारण लाइन बनाउने सहमति भएको छ । यसमा भारतको पूर्ण समर्थन हुने विश्वास सचिव घिमिरेले व्यक्त गर्नुभयो ।

२०७५  साउन २५ गते सम्पन्न नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी समझदारी पत्रको दफा ४ मा व्यवस्था भए अनुसार सो सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतीको अनुगनम गर्न सह सचिवस्तरीय एवं सचिवस्तरीय समितिहरु गठन गरिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर