27 C
Kathmandu
 

बेरुत विस्फोटमा १३७ जनाको मृत्यु, आक्रोशित नागरिकले भने- सरकारको लापरबाही मुख्य कारण

बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार शक्तिशाली विस्फोट भयो । उक्त विस्फोटपछि आक्रोशित बेरुतबासीले सरकारको लापरबाहीका कारण विस्फोट भएको बताएका छन् ।

लेबनानका राष्ट्रपति माइकल अउनले विस्फोटको कारण दुई हजार ७५० टन ‘अमोनियम नाइट्रेट’ भएको बताएका छन् । अधिकांशले अधिकारीको भ्रष्टाचार, लापरबाही र गैर-व्यवस्थापनका कारण विस्फोट भएको बताएका छन् ।विस्फोटमा १३७ जनाको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी घाइते छन् । अझै दर्जनौं बेपत्ता भएका छन् । सहर खण्डहर भएको छ ।

चलचित्र निर्माता जुडे चुहेहाबले भने, “बेरुत रोइरहेको छ । बेरुत चिच्याइरहेको छ । मानिसहरु उद्देलित भएका छन् । जनता निराश र थकित छन् ।” उनले जनतालाई न्याय दिनुपर्ने बताएका छन् ।

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर “त्यस्तो नभएको” बताएका छन् । “विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ,” उनले भने।

विस्फोट हुनसक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ । बुधafर मन्त्रिपरिषद्को आपतकालीन बैठकमा राष्ट्रपति अउनले बेइरुतमा अघिल्लो रातको ‘आतंक’ शब्दमा बयान गर्न नसकिने बताएका छन् ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन् ।

उनीहरूले पछिल्लो घटना ‘नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ बताएका छन् । अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । -बीबीसी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...