19.1 C
Kathmandu
 

जोर बिजोर उल्लङ्घन गर्नेको सवारीसाधन बेलुका ८ बजेसम्म सडकमै राखिने

काठमाडौं । सरकारले सवारीसाधनमा जारी गरेको जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । नियम उल्लङ्घन हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । सरकारले आजदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको छ ।

यो नियम लागु हुन्जेल जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले उपत्यकाभित्र जोर बिजोर उल्लङ्घन गर्ने सवारी साधनलाई साँझ ८ वजेसम्म होल्ड गरिनेछ । उनका अनुसार पहिलो दिन प्रचार–प्रसार गर्ने र भोलिबाट के गर्ने भन्नेबारे थप गृहकार्य हुनेछ ।

तर अत्यावश्यक कामका लागि निस्किएका सवारीलाई भने छाडिनेछ । काठमाडौं उपत्यकाका २४ स्थानमा चेकप्वाइन्ट राखेर जोर बिजोर सवारीको अनुमगनमा ट्राफिक प्रहरी सक्रिय रहेको एसपी गौतमले बताए । यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर