14 C
Kathmandu
 

किसान प्रश्न गर्छन्- युरिया मल कहिले पाइन्छ ?

टीकापुर । टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन् । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छन् । मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन् ।

कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले जानकारी दिए । “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उनी भन्छन्, “बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन ।”

टीकापुर–७ सत्तीका धना तिमिल्सिनाले पनि युरिया मल पाएकी छैनन् । मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क छिन् । अहिलेसम्म युरिया मल पाइने सम्भावना नदेखिएको उनको गुनासो छ । धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ । “मल नपाए यस वर्ष धान उतपदन घट्ने निश्चित हो । उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन”, तिमिल्सिना भन्छिन्, “देशभित्र युरिया मल छैन भने सीमापारिबाट भए पनि ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ । अघिल्ला वर्ष हामी भारतबाट मल ल्याउँथ्यौँ ।”

धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ । किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ । धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ । समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ । सहजताको लागि टीकापुर नगरपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए । “मल अभावमा किसानलाई सास्ती भएको छ”, नगर प्रमुख रावल भन्छन्, “हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ ।”

कृषि उत्पादन बिना विकासका कार्यसमेत प्रभावित हुने भएकाले अहिले किसानको समस्याबारे समन्वय भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताउँछन्, “किसानलाई सहजताका लागि अन्य व्यवसायीरुपमा आउने सामानसरह व्यवहारिकरुपमा किसानलाई मल ल्याउनको लागि पहल भइरहेको छ ।”

कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कृषि सामग्री कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । तत्काल कतैबाट मल ल्याउने सम्भावना नरहेकाले साउनको अन्तिम सातासम्म मात्र युरिया मल आउन सक्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...