रसुवा – शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।
स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्र्तगत लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । शनिबार राति ८ बजे त्यस क्षेत्रमा पहिरो गएको थियो ।
सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका मालवाहक कन्टेनर रोकिएका छन् ।