27 C
Kathmandu
 

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् ।

गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् ।

विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...