14 C
Kathmandu
 

अनुपम खेर भन्छन्- ‘ सुशान्तको घटनाले तार्किक अन्त्य पाउनुपर्छ’

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै सुशान्तसिंह राजपुतले न्याय पाउनुपर्ने बताएका छन् ।

अनुपम भन्छन्,“यो देशको नागरिकका नाताले हाम्रो कर्तव्य भनेको यो घटनालाई तार्किक अन्त्यमा पुर्‍याउने हो ।” घटना भएको समयदेखि आजसम्म नियालिरहँदा अब भने चुप लागेर बस्न नहुने भन्दै एक सहकर्मी र मानवताको नाताले पनि उसका लागि बोल्न जरुरी भइसकेकोमा अनुपमले जोड दिएका छन् ।

सुशान्त कसैको छोरा, कसैको भाइ, कसैको साथी भएको र घटना भएको यति धेरै दिन बितिसक्दा पनि सत्यतथ्य सार्वजनिक नभएकाले उसको परिवारलाई उसको मृत्युको कारण थाहा पाउने हक भएको पनि उनले बताए ।

यसबारे सबैले आवाज उठाएर साथ दिनुपर्ने भन्दै उनले भनेका छन्, “यो घटनामा कसको गल्ती छ र कसको छैन भन्ने कुरा पत्ता लाग्नुपर्‍यो । अहिलेको अवस्थामा यो घटनाबारे केही नबोली चुप बस्नु भनेको कायरता हो र यो ठीक होइन ।”

साथै उनले सुशान्त एक राम्रो अभिनेता भएको पनि बताए । उनले भिडियोको क्याप्सनको अन्तिममा लेखेका छन्, “सुशान्तका लागि न्याय ।” सुशान्तसिंह राजपूत १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...