14 C
Kathmandu
 

नेपोटिजमबारे करिना भन्छिन् – औंला उठाउनेहरुले नै ‘नेपोटिस्टिक स्टार’ बनाउँदै छन्

एजेन्सी । पछिल्लो समय बहसमा आइरहेको विषय ‘नेपोटिजम’बारे अभिनेत्री करिना कपुर खानले आफनो धारणा व्यक्त गरेकी छन् ।

एक भारतीय पत्रकारसँग कुरा गर्दै घटनालाई राम्रोसँग बुझ्नुको साटो मानिसहरु (दर्शक) आक्रामक शैलीमा आएको करिनाले गुनासो पोखिन् ।

शाहरुख खान र अक्षय कुमारप्रति इंगित गर्दै कस्लाई स्टार बनाउने भन्ने कुरा दर्शककै हातमा भएको भन्दै बलिउडमा कोही पनि आफन्त नभएका शाहरुख र अक्षय सफल हुनुमा दर्शककै हात रहेको उनले बताइन् ।

उनी भन्छिन्, “दर्शकले नै हामीलाई बनाएका हुन् । तिनै व्यक्तिहरुले औंला उठाइरहेका छन्, जसले ‘नेपोटिस्टिक स्टार’ बनाए । चलचित्र हेर्न जान तपाईंलाई कसैले पनि जबरजस्ती गरेको छैन् । तपाईं आफ्नै इच्छाले गइरहनु भएको छ । त्यसैले यो विवाद मैले बुझिरहेको छैन । यो सबै मलाई अनौठो लागिरहेको छ ।”

आफ्नो २१ वर्ष लामो चलचित्र करिअर नेपोटिजमको कारणले मात्रै तय भएको होइन भन्दै उनले कति सुपरस्टारका छोराछोरीले यो यात्रा तय गर्न नसकेको प्रशस्त उदाहरण भएको भन्दै इन्डिष्ट्रमा टिकिरहने एकमात्रै उपाय भनेको मिहनत भएको पनि करिनाले बताइन् ।

साथै उनले स्टार-किड्स भएर मौका पाए पनि सुरुका दिनमा धेरै संघर्ष गर्नुपरेको पनि बताइन् । यद्यपि गोजीमा १० रुपैंया लिएर आएका बाहिरी कलाकारहरुको संघर्षको अगाडि स्टार-किड्सले गरेको संघर्ष भने ओझेलमा परेको उनी बताउँछिन् । – हिन्दुस्तान टाइम्स

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...