14 C
Kathmandu
 

अक्षय कुमार भन्छन्- कतिन्जेल कोरोनाको डरमा बस्न सक्नुहुन्छ ?

एजेन्सी । अभिनेता अक्षय कुमारले हामी कहिलेसम्म कोरोना भाइरसको डरले घरभित्रै बसिरहने भन्दै प्रतिप्रश्न गरेका छन् ।

महामारीबीच पनि लगातर चलचित्रको छायांकनमा फर्किंदा डर लाग्दैन ? भन्ने प्रश्नको जवाफमा उनले हामी कहिलेसम्म डरमा बसिरहने भन्दै प्रतिप्रश्न गरेका हुन् । “पक्कै मलाई डर लागेको थियो, तर कतिन्जेल तपाईं डरमा बसिरहन सक्नुहुन्छ ? जब महामारी सुरु भयो मानिसहरु यसको असर बारे अनविज्ञ थिए त्यसैले डराउँथे । तर समयसँगै हामीलाई थाहा भयो कि रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने यसलाई हराउन सक्छौं । तसर्थ आफूलगायत सम्पूर्ण टिमको लागि सावधानी अपानाउँदै काममा फर्किन निधो गरेँ ।”

महामारीबीच छायांकनमा फर्किने र यसलाई निरन्तरता दिइरहने बलिउड अभिनेतामा अक्षय पहिलो हुन् । क्यामेराबाट यति लामो समयसम्म टाढा बसेको यो नै पहिलोपटक हो । जसका कारण काममा फर्किन निकै आतुर भइसकेका कारण सरकारले अनुमति दिनेबित्तिकै काममा फर्किहालेको अक्षयले बताए ।

अब पनि हात बाँधेर बसिरहने हो भने भाइरसले भन्दा पनि भोकले मर्नुपर्ने हुन्छ भन्दै अक्षय भन्छन्, “यदि अहिले होइन भने कहिले त ? यो लकडाउनको समयमा हजारौं मानिसहरु बेरोजगार हुनुपर्‍यो । यदि हामी भ्याक्सिनको पखाइमा बसिराख्ने हो भने मानिसहरु भाइरसले भन्दा पनि बेरोजगारीको चपेटामा नराम्ररी फस्नेछन् । त्यसैले मलाई लाग्छ आवश्यक सावधानी र मास्क लगाएर हामी काममा फर्किनुपर्छ ।”

मे महिनामा कोरोनाबारे जनचेतनामूलक विज्ञापनबाट पुनः काममा फर्किएका उनी त्यसपछि भने निरन्तर एकपछि अर्को गर्दै छायांकनमै व्यस्त छन् । अक्षयले जुलाई महिनामा मात्रै १० दिनमा सातवटा विज्ञापनको छायांकन सकाइसकेका छन् । यो महिना उनी चलचित्र ‘बेलबटम’ का लागि लन्डन जाने तयारीमा छन् । त्यस्तै अक्टोबरबाट अर्को चलचित्र ‘अतरंगी रे’ को बाँकी छायांकनमा व्यस्त हुनेछन् ।

अक्षयले सोमबार रक्षाबन्धनका अवसरमा आफ्नो नयाँ चलचित्र ‘रक्षा बन्धन’ निर्माणको घोषणा गरेका छन् ।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली बिहान ११ बजे बालुवाटारमा...

पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेल गुमाउने

३ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेको स्रोतले...

भारतबाट आएका सुर्खेतका कोरोना संक्रमित युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

विद्यालयमा कोरोना संक्रमण भेटिएमा विद्यालय एक हप्ता बन्द गर्नू: काठमाडौं महानगर

३ वैशाख, काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण...