27 C
Kathmandu
 

एसईई : परीक्षा नियन्त्रक भन्छन्- बोर्डको बैठकलगत्तै नतिजा सार्वजनिक गर्छौं

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानो ठिमीले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा र प्रमाणपत्र चाँडै सार्वजनिक गर्दै छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्नेबित्तिकै नतिजा सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अन्तिम अवस्थामा पुगिसकेको र बोर्ड बैठकको लागि मात्र कुरिरहेको छ । भन्छन्, “अध्यक्षले बोर्डको बैठक डाक्नेबित्तिकै एक-दुई दिनभित्र नतिजा सार्वजनिक हुन्छ ।”

कोभिड १९ को कारणले यस वर्षको एसईई परीक्षा सम्पूर्ण तयारीको बावजुद स्थगित भएको थियो । शिक्षा मन्त्रालयले चैत ६ गतेबाट सुरु गर्न लागेको परीक्षा चैत ५ गते अघिल्लो दिन कोरोना भाइरसको त्रास देखाउँदै स्थगित गरेको थियो । मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि जेठ २८ मा बसेको अर्को बैठकबाट परीक्षा रद्द गरी आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गर्‍यो ।

यो वर्ष एसईईमा चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी छन् । परीक्षा रद्द भएकाले विद्यालयले पठाएको अन्तिम मूल्यांकनबाटै नतिजा प्रकाशित गरिनेछ । एसईईमा पनिकाले प्रश्न बनाउने, उत्तर जान्ने, परीक्षा गराउने र नतिजा प्रकाशित गर्दै आएकामा यसपटक ती सम्पूर्ण अधिकार विद्यालयले पाएको थियो ।

विद्यालयले शिक्षा विकास समन्वय एकाइलाई अन्तिम मूल्यांकन पठाएको र एकाइले परीक्षा नियन्त्रण कार्यालयलाई अन्तिम मूल्यांकन बुझाएको थियो । अब बोर्डको बैठकबाट सो मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गर्न लागेको हो ।

विद्यालयले पठाएको अन्तिम मूल्यांकनकै आधारमा प्रमाणपत्र पाइने भएकाले यसपटकको नतिजालाई शंकास्पद तरिकाले हेरिएको छ । तर नियन्त्रक खकुरेलका अनुसार एसईईको सम्पूर्ण अधिकार विद्यालयले पाएको र पनिकाले नतिजा मात्र प्रमाणीकरण गरिदिने हुँदा धाँधली भए/नभएबारे केही बताउन नसक्ने बताउँछन् ।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...