19.1 C
Kathmandu
 

सिद्धार्थ राजमार्गमा सडक भासिएपछि बुटवल–पाल्पा सडक खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।

मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए ।

यस्तै सोही स्थानको नजिकै तिनाउ–३ झुम्सामा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ । दुई स्थानमा सडक भासिएपछि यो सडक खण्ड भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु हुने भएकाले केही घण्टा समय लाग्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

सिद्धार्थ राजमार्गको झुम्सादेखि तल्लो सिद्धबाबासम्मको करिब ५ किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्र मानिन्छ । यो खण्डमा वर्षायाममा दर्जनौं स्थानमा ठूला चट्टानसहितको पहिरो जाने गर्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष धेरै मात्रामा पहिरोले सडक अवरुद्ध भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर