18.1 C
Kathmandu
 

रूपन्देहीकाे देवदहमा वृक्षाराेपण कार्यक्रम सम्पन्न

१७ साउन,रूपन्देही । रूपन्देहीकाे देवदहमा शनिबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही,रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह  र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा स्मृति सामुदायिक बन उपभोक्ता देवदहको बन क्षेत्रमा  वृक्षारोपण गरिएको हाे । “योजनासहित वृक्षाराेपणका लागी सहभागिता” नाम दिएर यसपटक पनि साे वन क्षेत्रमा वृक्षारोपण गरेकाे क्लवले जनाएकाे छ।

कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरूङ् , रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष सुभाष केसीले संयुक्त रूपमा गर्नु भएकाे थियाे । स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा देवदह स्मृति वन वाटिकाका अध्यक्ष प्रेम प्रसाद काफ्ले, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका निवर्तमान अध्यक्ष दिपेश अर्याल, पुर्व अध्यक्षहरू माधव ढकाल, माधव आचार्य र गणेश सापकाेटा लगायतकाे सहभागिता रहेकाे थियाे ।

सितलचिनी, टिक, बकाईनो, ईपिलिपि, सिसौ, खयर लगायत १ सय ५० विभिन्न प्रजातीका बिरुवा राेपिएकाे कार्यक्रम संयोजक तथा कमिटि सर्भिस डाइरेक्टर कृष्ण गैरेले बताउनुभयाे । वृक्षारोपणसंगै विरुवाको रेखदेख समेत गर्ने उहाँले बताउनुभयाे । कार्यक्रमकाे सञ्चालन रोटरी क्लव अफ तिलोत्तमा देवदहका सचिव दिपक भट्टराईले गर्नुभएकाे थियाे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर