24.1 C
Kathmandu
 

विराटनगर महानगरपालिकामा पुन: लकडाउन

विराटनगर,१६ साउनविराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढेपछि दुईसाता लकडाउन गर्ने घोषणा गरेको छ । समुदायस्तरमा सङ्क्रमण फैलन नदिनकालागि आज महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली जानकारी दिनु भएको छ ।

पराजुलीले भन्नुभयो अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने छन् । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । महानगरमा यसपछाडि निजी अस्पताल तथा नर्सिङ होममा सङ्क्रमितहरू फेला परे उनीहरूले त्यही अस्पतालमा उपचारका लागि व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ ।
यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर