थपिए २२४ जना नयाँ सङ्क्रमित, सङ्क्रमितको संख्या १९ हजार ७७१ पुग्यो

8

काठमाडौं, १६ साउन ।नेपालमा शुक्रबार २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ।

नोपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुराको जानकारी दिनुभएको हो ।

काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।