19.1 C
Kathmandu
 

लागुऔषध कारोबारी पक्राउ गर्न हवाई फायर

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

बूढीगंगा १ को स्टिल कारखाना आरती स्ट्रिप पछाडि खोरैया बस्तीमा बिहीबार राति कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोल्नुपरेको हो । लागुऔषध कारोबारीले प्रहरीको हतियार खोस्न खोजेको र आक्रमणबाट बच्न तथा स्थिति नियन्त्रणमा लिन फायर खोलेको प्रहरीको भनाइ छ ।

सादा पोसकका प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरीलाई आक्रमण गरी कारोबारीले घाइते बनाएका छन् । उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीमाथि कारोबारीले खुकरी, भालासहितका घरेलु हतियारले आक्रमण गरेको बताइएको छ ।

प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । त्यहाँ कोरेक्स र गाँजा जम्मा गरेर बिक्री भइरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको मोरङ प्रहरीले जनाएको छ ।

घटनापछि थप प्रहरी बल गई संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर