काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

8

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।  परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।  उनका अनुसार संक्रमण देखिएको आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको छ । संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।