26 C
Kathmandu
 

विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त गर्न सक्ने

रासस/विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त हुने भएको छ । पाठशाला नेपालले pathshalanepal.com मा विद्यार्थीले सोधेको जुनसुकै प्रश्नको उत्तर सजिलै एकदेखि दुई घण्टामा उपलब्ध गराउने नेपालका सञ्चालक गोविन्द सापकोटाले जानकारी दिए ।

उनका अनुसार उक्त अनलाइनमा विद्यार्थीले कक्षा ८ देखि स्नातकोत्तर तहसम्म र लोकसेवा आयोगसम्बन्धी प्रश्नको उत्तर दिइनेछ ।“विद्यार्थीले आफू नजानेको प्रश्न अनलाइनमा अपलोड गर्ने छन्”, उनले भने, “अनि हामीले ती विषयसँगसम्बन्धी शिक्षकबाट प्रश्नको उत्तर सोही अनलाइनमा राख्नेछौँ ।”

अहिले दैनिक ५० वटा प्रश्न सोधिने गरेका छन् । विशेषगरी गणित, विज्ञान विषयमा विद्यार्थीले बढी प्रश्न सोध्ने गरेका छन् ।

पाठशाला नेपालले प्रश्नको उत्तर लेख्नका लागि १२ जना विषयगत शिक्षक अनलाइनमा राखेको छ । नेपालका सञ्चालक सापकोटा बन्दाबन्दीमा विद्यार्थीलाई पठनपाठन गर्न सहज होस् भनेर प्रश्नको उत्तरको व्यवस्था गरिएको बताए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...