14 C
Kathmandu
 

उखु किसानले उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको झुक्तानी पाएनन्

रासस/नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको झुक्तानी पाएका छैनन् ।

किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ करोडको भुक्तानी पाउनुपर्ने बाँकी छ ।चिनी उद्योगका सञ्चालकले किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि उद्योग मन्त्रालयमार्फत उद्योग सञ्चालकलाई आवश्यक सहजीकरण गर्न सो बारे उद्योग मन्त्रालयमा लिखित जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

तीमध्ये वाग्मतीको आव २०७६-७७, लुम्बिनीको आव २०७५-७६ र इन्दिराको आव २०७५-७६ मा किसानको उखु खरिद गरेवापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो । यद्यपि वाग्मती चिनी उद्योगले अब तत्कालै एक साताभित्र रकम भुक्तानी गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताए ।

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग स्थापना भएको वर्ष बाहेक अन्य सबै वर्ष चिनी उत्पादन बन्द गरेको छ भने दुई वर्षदेखि लुम्बिनी चिनी उद्योगमा चिनी उत्पादन बन्द हुँदै आएको छ ।

उद्योगहरुले विभिन्न वाहानमा रकम भुक्तानी गर्न आलटाल गर्दै आएकाले तत्काल रकम भुक्तानी शुरु नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने जिल्ला उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

यद्यपि जिल्लामा नियमित रुपमा इन्दिरा चिनी उद्योग मात्र सञ्चालनमा आउने गरेको छ भने किसानसँग उखु लिए बापत अघिल्लो वर्ष रकम भुक्तानी नगरेका कारण वाग्मती चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेन । पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आव २०७६-७७ मा कूल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको छ । यसैगरी अघिल्लो आव २०७५-७६ मा कूल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...