सुनको मुल्य तोलाको ९९ हजार पुग्यो

9

काठमाडौँ,१५ साउन । नेपाली बजारमा सुनको मूल्य लगातार रूपमा बढ्दै गएको छ । सुनको मूल्य एक लाख नजिक पुगेको छ। अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले बढेर सुनको मूल्यप्रति तोलाको ९९ हजार पुगेको छ। चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य निरन्तर उकालो लाग्दा बजारमा सुनको माग घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।