युभेन्टसकाे जारी लिगमा छैटाै हार

4

एजेन्सी । इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ ।

एक खेल अगाडी उड्सिनीसँग हारेको युभेन्टस फेरी काग्लिरीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काग्गिरीको जितमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफका अन्तिममा सिमोनले गोल गरेपछि युभेन्टस दुई शुन्यले पछाडी रह्यो ।

दोस्रो हाफमा युभेन्टसले खेलमा फर्किनका लागि निकै प्रयास र दबाव दिएको थियो । तर उसले काग्लिनीको डिफेन्सको फाइदा उठाउन सकेन । जसका कारण युभेन्टसले जारी सिजनमा छैटौं हार ब्यहोर्यो ।

अब सिरी ए को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन । यो हारपछि पनि युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अगाडी रहेको छ ।