21.4 C
Kathmandu
 

भदौ तेस्रो र असोज पहिलो हप्तादेखि परीक्षा गर्ने त्रिविको तयारी

काठमाडौँ, १४ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताउनुभयो । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छौँ ।”

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ ।

यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौँ र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसक्नुभएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव...

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा ३ जना मृत भेटिए

काठमाडौं । नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका...

छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं...

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै...

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद...