चलचित्र ‘प्रेम गीत–४’ को तयारी सुरु, तर ‘प्रेम गीत–३’ किन अझै रिलिज भएन ?

4

निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र ‘प्रेम गीत–४’ को तयारी सुरु गरेका छन् । ‘प्रेम गीत–३’ निर्माण गरे पनि प्रदर्शन गर्न नपाएका उनले ‘प्रेम गीत–४’ को तयारी सुरु गरेका हुन् ।“प्रेम गीत–४ को तयारीमा बसेका छौं । प्रेम गीत–४ आइडियामा काम भइरहेको छ । हाम्रो टिम नै बसेर चलचित्रको आइडियामा काम गरिरहेको छ,” सन्तोष भन्छन् । उनको टिममा प्रदीप खड्का र क्षेतेन गुरुङ छन् ।

यसैबीच उनले यहीअघि लकडाउनमा अर्को नयाँ चलचित्रको तयारी गरेका थिए । कमेडी लभ स्टारी जानरामा सन्तोषसहित उनको टिमले काम गरेको थियो । विग बजेटमा बनेको सन्तोषको चलचित्र ‘प्रेम गीत–३’ लकडाउनका कारण रिलिज हुन सकेको छैन । गत चैतको अन्तिममा रिलिज हुने भनिए पनि कोरोनाका कारण हल नै बन्द भएपछि उनको चलचित्र रिलिज हुन नसकेको हो । हल अझै नखुलेकाले चलचित्र कहिले रिलिज हुन्छ निश्चित छैन ।

लकडाउनका कारण करिब दुई दर्जन चलचित्र रिलिज रोकिएर बसेका छन् ।