नेयमारको निर्णायक गोलमा पीएसजीलाई कोपा डि फ्रान्सको उपाधि

10

एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको निर्णायक गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको उपाधी उचालेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको कोपा डि फ्रान्सको फाइनल खेलमा सेन्ट इटिनेलाई १-० गोलके पराजित गर्दा नेयमारले निर्णायक गोल गरेका हुन् ।

स्टेट डि फ्रान्स पेरिसमा भएको खेलमा नेयमारले खेलको पहिलो हाफमा नै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले खेलको १४औं मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा पनि पीएसजीले निकै नै गोलको अवसर सृजना गरेपनि गोल गर्न भने सकेनन् । पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि कोरोना भाइरसका कारण स्थगित भएको फ्रेन्च लिग वानको च्याम्पियन पीएसजीलाई घोषणा गरेको थियो ।

कोपा डि फ्रान्सको उपाधी पीएसजीको १३औं पटक जित्न सफल भएको छ । अब सिजनको तेस्रो उपाधिका लागि पीएसजीले फ्रेन्च लिग कप अन्तर्गत लियोनसँग १ अगस्टमा फाइनल खेल खेल्ने छ ।