26 C
Kathmandu
 

नेल्सन मण्डेलाकी छोरीमा मृत्युपछि कोरोना पुष्टि

नेल्सन मण्डेलाकी छोरी जिन्द्जी मण्डेलामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्द्जी मण्डेलामा मृत्यु भएको दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उनका छोरा जोन्डवा मण्डेलाले स्थानीय टिभीलाई बुधबार बताएका हुन्।

‘यसको मतलब यो होइन कि उनको मृत्यु कोरोनाभाइरसको संक्रमणले भएको हो। तर मृत्युपछि भने उनमा संक्रमण देखिएको हो,’उनले भने,’अन्य थुप्रै परीक्षण गरिएको छ। जसले उनको मृत्युको कारण के हो भन्ने बताउँछ।’

उनले आफ्नी आमाको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।

जिन्द्जी मण्डेला नेल्सन मण्डेला र विन्नी मण्डेलाकी कान्छी छोरी हुन्।

५९ वर्षीया मण्डेलाको सोमबार बिहान जोहानसबर्ग अस्पतालमा मृत्यु भएको थियो।

उनको अन्त्येष्टि शुक्रबार गर्ने तयारी भएको उनका छोराले बताए।

शनिबार भने नेल्सन मण्डेलाको जन्मजयन्ती हो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...