19.1 C
Kathmandu
 

सलह भारततर्फबाट बाँके प्रवेश, सावधानी अपनाउन आग्रह

काठमाडौं । बिहीबार दिउँसो भारततर्फबाट बाँकेको नरैनापुर क्षेत्रबाट प्रवेश गरेको सलहको झुण्ड हिरमिनीया, नौवस्ता हुँदै छिन्चु पुगेको छ ।

प्लान्ट क्‍वारेन्टिन तथा विषादी व्यवस्था केन्द्रले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार दिउँसो एकबजे बाँकेको नरैनापुर हुँदै केही लाखको संख्यामा नेपाल भित्रिएको हो ।

केन्द्रका अनुसार छिन्चुबाट अघि बढेको सलह दशरथपुर हुँदै उत्तरगंगा पुगेको छ ।

यसैगरी अर्को एउटा झुण्ड कञ्‍चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको जानकारी केन्द्रले दिएको छ । उक्त सलह सामान्यतया राति बास बस्‍ने र कम चलायमान भइ बास बसेको ठाउँमा मात्र नोक्सान गर्ने र बिहान सूर्योदय पश्चात् सक्रिय हुने भएकोले आवश्यक सावधानी र पूर्व तयारी गर्न सम्बन्धित सबैलाइ अनुरोध गरिएको छ ।

आइतबार सम्म हावाको बहाव पश्चिम उतरतर्फ रहने पूर्वानुमान भएकोले विशेष गरी पश्चिम तथा उत्तरतर्फ विशेष सावधानी अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

केन्द्रले भनेको छ, “यसैगरी प्यूठानमा यसअघि नै प्रवेश गरेको सलहको झुण्ड अझै पनि अर्खा रजवारा तथा स्याउलीबाङ्गलगायतका क्षेत्रमा रहेको जानकारी प्राप्त भएको हुँदा आसपासका क्षेत्रमा समेत सजगता अपनाउन अनुरोध छ ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर