24.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा ८२ कोरोना संक्रमित थपिए, १४७ डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८  हजार १७४  रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

हालसम्म देशभरबाट ८ हजार ५८९  जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४७ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ५१ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत तीन हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८३ हजार ५१५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ।

हालसम्म देशभरका २३ हजार ७८४ क्वरेन्टिनमा हजार  जना रहेका छन्  भने ८ हजार १७४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

विश्वभर एक करोड २८ लाख ७५४ संक्रमित भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर