20.1 C
Kathmandu
 

थप तीन दिन देशभर भारी वर्षा हुने, सर्वसाधारणलाई सतर्क हुन जल तथा मौसम विभागको अनुरोध

थप तीन दिन देशभर भारी वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने जनाएको हो। आगामी २४ घण्टा निरन्तर वर्षा हुने भएकोले सर्वसाधारणलाई सतर्क हुन जल तथा मौसम विभागले अनुरोध गरेको छ। देशका धेरैजसो स्थानहरूमा मेघ गर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक/दुई स्थानहरूमा भारी वर्षा को सम्भावना  रहेको छ।उक्त प्रदेशका नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आइतबार बिहान प्रकाशित बुलेटिन मार्फत अनुरोध गरेको हो ।

यस्तो छ पूर्बानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै  गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

असार २८ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा  गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २  थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असार २९ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र  प्रदेश २ थोरै स्थानहरुमा तथा  बागमती प्रदेश,  गण्डकी प्रदेश तथा  प्रदेश ५का  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २  थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र प्रदेश १, प्रदेश २, बागमति प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक/दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर