19.1 C
Kathmandu
 

देशभरको मौसममा बदली, यी ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम बदली भएको हो ।

हाल सुदूरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिराहा, मोरङ, विराटनगर र आसपासका भू–भागमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमस सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशका अधिकांश भू–भागमस सामान्य बदली हुने छ । प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर