‘सडक २’ विवादमा, आलिया, महेश र मुकेशविरुद्ध उजुरी दर्ता

8

एजेन्सी । सन् १९९० मा आएको महेश भट्ट निर्देशित हिट चलचित्र ‘सडक’ को सिक्वेल ‘सडक २’ रिलिजको तयारीमा छ ।

केहीदिन अगाडि मात्रै फर्स्ट लुक पोस्टर रिलिज गरेको यो चलचित्र रिलिजअगावै विवादमा फसेको छ । उजुरीकर्ताले चलचित्रको पोस्टरमा कैलाश मानसरोवरको तस्बिर प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

सिकन्दरपुरका आचार्य चन्द्र किशोर पराशरले आफ्नो वकिल सोनु कुमारमार्फत चलचित्रकी अभिनेत्री आलिया भट्ट, निर्देशक महेश भट्ट र निर्माता मुकेशविरुद्ध सीजेएममा मुद्दा दर्ता गराएका हुन् ।

उक्त प्रतिवेदनमा मुख्य न्यायिक मजिस्ट्रेट मुकेश कुमारले ८ जुलाईमा सुनुवाइका लागि तय गरेको छ । आईपीसीको धारा २९५ ए (जानाजानी धार्मिक भावनालाई चोट पुर्‍याउने) र १२० बी (आपराधिक साजिस) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

चलचित्र डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ । (नवभारत टाइम्स)