22.1 C
Kathmandu
 

इंग्ल्याण्डका कप्तान मोर्गनकाे विश्व कीर्तिमान: एक दिवसीयकाे एकै पारीमा १७ छक्का

इंग्ल्याण्डका कप्तान अइन मोर्गनले एकै पारीमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।

अफगानिस्तान विरूद्धको खेलमा एक सय ४८ रनको पारी खेल्ने क्रममा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे । यससँगै एक दिवसीय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले रोहित शर्मा, क्रिस गेल र एबी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हार्ने रेर्कड तोड्न सफल भए । तीनै खेलाडीले एकै पारीमा १६ छक्का प्रहार गरेका थिए ।

करियरमा धेरै छक्का प्रहार गर्ने सूचीमा मोर्गन छैटौं स्थानमा उक्लेका छन् । उनको कुल २११ छक्का भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर