लकडाउन साउन ७ गतेसम्म निरन्तर, सोमबारको मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

77

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्नि,सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन, सिनेमा हल, डान्स बार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि बन्द नै रहने छन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

‘एसएमएस’ अनिवार्य

लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा कडाई गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म ससँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १३४ जना निको भएका छन् ।