21.1 C
Kathmandu
 

सरकारले काठमाडौँ उपत्यका आउन अत्यावश्यक परेकालाई सशर्त प्रवेश दिने,सर्त आउनेले होम क्वारेनटिनमा बस्नु पर्ने

सरकारले काठमाडौँ उपत्यकामा आउन अत्यावश्यक परेकाहरूलाई सशर्त प्रवेश दिने भएको छ ।

सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले सोमबार यस्तो निर्णय गरेको हो ।

सिसिएमसीले काठमाडौँ प्रवेशका लागि होम क्वारेनटिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस​ लिएर आउनुपर्ने निर्णय गरेको हो । सर्वसाधारणले स्थानीय तह, वडा कार्यालय र प्रहरीलगायतबाट सिफारिस लिन सक्नेछन् ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार २ सय ४८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ सय ७६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर