23.1 C
Kathmandu
 

थप ४६८ सङ्क्रमित, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ,१५ असार । नेपालमा आज ४६८ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
थप १२१ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १३४ पुगेको छ । काठमाडौँ जिल्लामा दुई महिला र चार पुरुषसहित छजना, ललितपुर र भक्तपुरमा एक एकजना पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएको छ । १३ गते स्वाब पठाएकोमा सोही दिन राति ८ गते फोक्सोका ती विरामीको मृत्यु भएको हो । परीक्षणको नतिजा असार १४ गते पोजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेको छ । क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर