सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला ९१ हजार ३ सय

8

काठमाडौं । सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार हुँदै छ ।

चाँदी भने प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।