24.1 C
Kathmandu
 

आगलागीमा तीन वर्षीया बालिकाको ज्यान गयो

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब रु १७ लाख बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर