19.1 C
Kathmandu
 

सलह किराको आतङ्क दाङ सम्म पुग्यो,सोमबारबाट पश्चिमका जिल्लातिर जान सक्ने पूर्वानुमान

सलह किराको आतङ्क दाङ सम्म पुगेको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–४ खुद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । तर किराले अहिले सम्म कुनै क्षति नपुर्‍याएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

आइतबार स्थानीय खेतबारीमा किराहरू देखिएपछि तिनलाई समाती केन्द्रले फोटो खिची नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा पठाएको थियो। केन्द्रले ती किरा सलह नै भएको पुष्टि गरेको छ। किराको समूह कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

हावा जता बहन्छ, सलह किराहरू पनि उडेर त्यतै जाने गर्दछन् । सोमबारबाट हावा पूर्वबाट पश्चिमतर्फ बहने भएकाले सलह किरा पनि पश्चिमका जिल्लातिर जान सक्ने पूर्वानुमान गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर